कसैले सरकारी जागिर खाएको ५ बर्षमै काठमाडौमा घर बनायो , दुई बर्षमै गाडी किन्यो । “'ओहो ! कस्तो बाठो है!', 'प्रगति गरेको छ ।', 'कम पावर छ त्यसको ? माथिसम्मै चिनचान छ अनी राम्रो पैसा आउने ठाउमा सरूवा भएछ।' “ यसरी तारिफ गरेको सुनिन्छ ।
अब सोच्नु त, नेपालमा सरकारी कर्मचारीको तलबले ५ बर्षमा काठमाडौमा घर बनाउन सकिन्छ ? सकिन्न नि ।
अनि हामी किन यस्तो कुरालाई glorify गर्छौँ ? यस्तो पार्दिन्छौँ कि सफलताको मानक नै उहाँहरु हुन् । अरुको जीवन त व्यर्थ । मिलाउन नसक्ने । कमाउन नसक्ने ।
जब हामी नै गलतलाई प्रोत्साहन गर्छौँ । सम्पती जोडेकोलाई नै प्राथमिकतामा राख्छौँ , indirectly भ्रष्टाचार गर्न प्रोत्साहन गर्छौ
अनी थाहै नपाइ गलत गर्न हौसला दिन्छौँ । अवचेतन मनमा नै पैसा चै जसरी भए पनि कमाउनु पर्छ भन्ने हालिदिन्छौँ । अनि पैसा कमाउन नसक्नेलाई हेला गर्छौँ । यस्तो अवस्थामा बलियो मनोबल नभएको मान्छे पैसाको पछि लागि हाल्छ नि ।
पछि जब भ्रष्टाचार र अकुत सम्पतिको मुद्दा पर्छ, अनि बल्ल हामी गालीमा उत्रिन्छौँ । यस्तो लाग्छ कि भ्रष्ट हुनु अपराध होइन, समातिनु चै अपराध हो । मिलाउन सक्नु पर्थ्यो , समातिनु हुन्थेन । समाजको यस्तो दोहोरो चरित्रले धेरै मानिसहरू मति भ्रष्ट हुन योगदान गरेको छ । पैसा जसरी पनि कमाउने हो भने भ्रष्टाचार गर्नेलाई पनि गाली गर्नु भएन । अनि भ्रष्टाचार गर्नेलाई गाली गर्ने हो भने सरकारी जागिर खाएर कमाउन सकेन भनेर तलब सुविधा भन्दा बढि उपार्जन गर्न उक्साउनु भएन ।