Skip to main content

घरमा करेसाबारी, अनेक छन् फाइदा

 


अहिले हाम्रो भान्सामा भित्रिने अधिकांश सागसब्जी बजारबाट आयत हुन्छ बजारमा व्यवसायिक तरकारी खेतीबालीबाट व्यवसायिक ढंगले गरिने खेतीबालीमा रासयनिक मलखाद, किटनाषक औषधी प्रयोग गरिन्छ खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छ क्यान्सर, मिर्गौलाको रोग, मुटु रोग जस्ता समस्याको कारण अहिले हामीले खाने यस्तो विषाक्त सागसब्जी नै हो

त्यसो भए के गर्ने ?

खरिद गरेका सागसब्जी केही हदसम्म शुद्धिकरण गरेर खान सकिन्छ तर, पूर्ण रुपमा विषरहित बनाएर खान सकिंदैन यस्तो अवस्थामा आफ्नै बारीमा जैविक विधीबाट उत्पादन गरेर सागसब्जी सेवन गर्नु सर्वोत्तम विकल्प हो यद्यपी सबैसँग खेतीयोग्य जमिन नहुन सक्छ खेतीपाती गर्ने फुर्सद पनि नहोला

जैविक सागसब्जी पाइन्छ

तर, घरको आसपासमा सानो करेसाबारीबाट पनि आफुलाई खाने सागसब्जी उत्पादन गर्न सकिन्छ बार्दली, छत, कौसी आदिलाई समेत करेसाबारीमा रुपान्तरण गर्न सकिन्छ

यसरी करेसाबारी बनाउँदा शुद्ध, ताजा जैविक सागसब्जी खान पाइन्छ स्वास्थ्य नै धन हो भन्ने मान्यता राख्छौं भने विषाक्त खानेकुराको विकल्प किन नखोज्ने ?

शारीरिक रुपमा सक्रिय

घरमा करेसाबारी बनाउँदा जैविक सागसब्जी मात्र खान पाइने होइन, यसले अरु थुप्रै फाइदा पुग्छ जस्तो कि, तपाईं थोरै फुर्सद हुनसाथ करेसाबारीको काममा लाग्नुहुन्छ अर्थात आफ्नो समयलाई उत्पादनसिल बनाउनुहुनेछ यदि त्यसो नहुँदो हो फुर्सदमा मोबाइल चलाएर वा टिभी हेरेरै समय बित्ने थियो

आफ्नो करेसाबारीमा काम गर्दा तपाईं शारीरिक रुपले पनि स्वस्थ्य एवं तन्दुरुस्त रहनुहुन्छ जापानीहरु विश्वमै लामो आयु स्वस्थ्य जीवन बाच्नेमा गनिन्छन् उनीहरु लामो उमेरसम्म जवान वा स्वास्थ्य रहनुको पछाडि धेरै खोज अध्ययन भएको यसबाट के देखिएको भने, उनीहरु खेतीबालीको काममा बढी नै सक्रिय हुने गरेका छन् बुढ्यौली उमेरमा समेत उनीहरु आफ्नो खेतीबालीको काम गर्छन्

तनावबाट मुक्त

खेतीबालीको कामले शारीरिक व्यायाम हुन्छ, सक्रियता बढ्छ अर्कोतिर यो आफैमा एक उपचार विधी पनि हो जब हामी आफ्नो खेतीबालीमा काम गर्छौं, हामी अनावश्यक तनावबाट पनि मुक्त हुन्छौं सागसब्जी रोप्दा, फलाउँदा पनि हामीमा एक किसिमको उमंग छाउँछ यसले हामीलाई मानसिक शारीरिक रुपमै स्वस्थ्य तुल्याउँछ

बालबच्चाको रमाउने जान्ने ठाउँ

अर्कोतिर हाम्रा छोराछोरीलाई यो एक खुला विद्यालय जस्तो हुन्छ उनीहरुले आफ्नो करेसाबारीमा रमाउने मौका मात्र पाउँदैनन्, सागसब्जीको बारेमा प्रत्यक्ष अध्ययन गर्न पाउँछन्

अहिलेका बच्चाहरु घरमै बस्ने, मोवाइलमा गेम खेल्ने, टिभीमा एकोहोरिने गर्छन् जब तपाईं घरमा सानो करेसाबारी बनाउनुहुन्छ, छोराछोरीलाई त्यहाँ काम गराउन सक्नुहुनेछ उनीहरुहरुका लागि करेसाबारी एक उपयुक्त ठाउँ बन्छ, जहाँ रमाउन धेरै कुरा सिक्न सकिन्छ

भान्सा घरको फोहोर मैलाको सदुपयोग

करेसाबारी हुँदाको अर्को फाइदा भनेको घरको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ हाम्रो भान्सामा दिनहुँ यस्ता कुराहरु उत्पादन हुन्छन्, जो फोहोर मैलाको रुपमा हामी डस्बिनमा मिल्काउँछौं तरकारीको बोक्रा, चिया पत्ती जस्ता सड्ने, गल्ने कुरालाई हामीले मलको रुपमा प्रयोग गर्न सक्छौं कतिपय कुहिएका खानेकुरा पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ

यसले गर्दा एकातिर घरको फोहोर मैलाको व्यवस्थापन हुन्छ अर्कोतिर करेसाबारीमा मल पनि पुग्छ

त्यसैगरी भाँडावर्तन माझेर वा अन्य प्रयोग गरेको फोहोर पानीलाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ

कसरी तयार गर्ने करेसाबारी ?

यदि घरमा बगैंचा वा खाली जमिन भने त्यसलाई करेसाबारीको रुपमा प्रयोग गर्न सकिन्छ करेसाबारीको लागि धेरै ठाउँ चाहिन्छ भन्ने छैन, सानो ठाउँमा पनि राम्ररी व्यवस्थापन गर्न सकियो भने धेरै सागसब्जी उत्पादन गर्न सकिन्छ

अहिले बजारमा जति पनि गमला पाइन्छ गमला, प्लाष्टिकको बोरा आदिमा मल माटो भरेर पनि सागसब्जी लगाउन सकिन्छ धनिया, खुर्सानी, गोलभेडा लगायत मौसमी सागसब्जी आफ्नै हातले उत्पादन गरेर खान सकिन्छ